एजेन्सी –
कोरोना आजको विश्वब्यापी समस्या बनेको छ । कहाँबाट आउँछ कताबाट आउँछ त्यो कसैलाई पनि थाहा छैन् । यतिखेर सबै कोरोना संक्रमण बाट बच्नको लागि लकडाउनमा बसेका छन् । तर यो रोग लाग्दैमा मन्छेमरिहाल्ने होइन । वल्र्डाेमिटर्सका अनुसार विश्वभर कोरोना भाइरसका ६ लाख १६ हजार ८ सय ७० जना संक्रमित उपचारपछि निको भई अस्पतालबाट घर फर्केका छन् । यो भनेको कूल संक्रमितको २५.६३ प्रतिशत हो । हालसम्म विश्वमा २४ लाख ६ हजार ८ सय २३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
नेपाल
नेपालमा हालसम्म ३१ जनामा कोरोना भाइरसको संक्रमण देखिएकोमा ४ जना निको भई अस्पतालबाट घर फर्किसकेका छन् । नेपालको सुखद खवर भनेकै कोरोनाबाट एक जनाको पनि मृत्यु भएको रेकर्ड छैन् ।
जर्मन
नया तथ्याङ्कअनुसार उपचारपछि निको हुने कोरोना भाइरसका सबैभन्दा बढी जर्मनीमा छन् । जर्मनीमा हालसम्म ८८ हजार जना संक्रमित उपचारपछि निको भइसकेका छन् । त्यही भएर जर्मनलाई कोरोना नियन्त्रणमा चीन पछि दोस्रो सफलता मिलेको छ ।
अमेरिका
विश्वमा सबैभन्दा बढी कोरोना संक्रमणबाट प्रभावित भएको देश हो अमेरिका । अमेरिकामा उपचारपछि निको भएका कोरोना भाइरस संक्रमित ७१ हजार ३ जना रहेको हक्निसन विश्वविद्यालयले जनाएको छ ।
स्पेन
स्पेनमा हालसम्म ७७ हजार ३ सय ५७ जना कोरोना भाइरसका संक्रमितहरु उपचारपछि निको भएका छन् । युरोपमा सबैभन्दा पहिला स्पेन सबैभन्दा बढी प्रभावित भएको थियो । तर यतिखेर त्यो नियन्त्रणमा आएउँदै गएको छ ।
इटाली
विश्वमा एकै देशभित्र सबैभन्दा छिटो र धेरै प्रभावित भएको देश हो इटाली । अमेरिकाको प्रभाव बढनु भन्दा अगाडि इटालीले नै मृत्यु र प्रभावितको पहिलो स्थान ओगटदै आएको थियो । तर यतिखेर यो देशमा नियन्त्रणको दर बढ्दै छ । इटालिमा ४७ हजार ५५ जना उपचार पछि निको भएका छन् ।
अन्य
फ्रान्समा ३६ हजार ५ सय ७८ जना निको भएका छन् । टर्कीमा हालसम्म ११ हजार ९ सय ७६ जना उपचारपछि निको भइ घर फर्केका छन् ।
चीनमा ७७ हजार ८४ जना कोरोना भाइरसका बिरामी उपचार पश्चात निको भइसकेका छन् । इरानमा निको हुने कोरोना संक्रमितको संख्या ५७ हजार २३ पुगेको छ ।
त्यस्तै ब्राजिलमा १४ हजार २६, बेल्जियममा ८ हजार ७ सय ५७, क्यानाडामा ११ हजार ८ सय ४३, स्वीट्जरल्याण्डमा १७ हजार ८ सय, अष्ट्रेलियामा १० हजर ५ सय १, दक्षिण कोरियामा ८ हजार ४२ जना उपचारपछि निको भइ घर फर्केक छन् ।


