नेपाली सेनाको मुख्यालय भद्रकालीमा ४ वटै सुरक्षा निकायका प्रमुखहरूको बैठक बसेको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखको बैठक सोमबार साँझ बसेको हो ।
बैठकमा कोरोना भाइसर (कोभिड–१९) नियन्त्रण र समन्वयबारे छलफल भएको सैनिक मुख्यालयले जनाएको छ । छलफलमा प्रधानसेनापति पूर्णचन्द्र थापा, नेपाल प्रहरीका प्रमुख आईजीपी ठाकुरप्रसाद ज्ञवाली, सशस्त्र प्रहरी बल प्रमुख आईजीपी शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभाग प्रमुख गणेश अधिकारी सहभागी थिए ।
बैंठकमा भोलीको दिनमा राजनैतिक अस्थिरता पैदा भएमा सुरक्षा प्रणाली कसरी चुस्त बनाउँने भन्ने बारेमा छलफल भएको उच्च प्रहरी अधिकृतले प्रहरी महानिरिक्षकको भनाईलाई उद्धत गर्दे बताए । उनका अनुसार चारबटै सुरक्षा निकायका प्रमुखले भोलीको राजनीतिक अवस्थालाई “पर्ख र हेर”को अवस्थामा बुझेर अगाडि बढने निर्णय सहित सुरक्षा निकाय प्रमुखको बैंठक सकिएको बताएका छन् ।


