Banijya News

मूल्यवृद्धि ७ प्रतिशत नजिक, व्यापारघाटा ४ प्रतिशतले घट्यो

1
1.1K Shares

बैशाख ९, काठमाडौं ।
चालु आर्थिक बर्षको ८ महिनामा मुल्यवृद्धि बढेर ६ दशमलव ७० प्रतिशतमा पुगेको छ । गत आर्थिक बर्षको सोही अवधिमा ४ दशमलव २० प्रतिशत रहेको मुल्यवृद्धिदर चालु आवमा भने बढेको हो । पछिल्लो ८ महिनामा पेय पदार्थ तथा खाद्य बस्तुहरुको मूल्यवृद्धि ९ दशमलव ३२ प्रतिशत पुग्दा गैरखाद्य समुहको मूल्यवृद्धि भने ४ दशमलव ६९ प्रतिशत पुगेको हो ।


फागुनमा काठमाडौं उपत्यकामा ७.६१ प्रतिशत, तराईमा ६.८४ प्रतिशत, पहाडमा ५.५३ प्रतिशत र हिमालमा ५.४२ प्रतिशत मूल्य वृद्धि भएको छ । गत वर्षको फागुनमा काठमाडौंमा ४.६१ प्रतिशत, तराईमा ३.६१ प्रतिशत, पहाडमा ४.६४ प्रतिशत र हिमालमा ५.४७ प्रतिशत मुद्रास्फीति रहेको थियो । यो तथ्यांकले काठमाडौं र तराईमा तुलनात्मक रूपमा मूल्यवृद्धि भएको देखाएको छ ।


समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी, मसला, दाल, गेडागुडी, मासु तथा माछा उपसमूहको मूल्यवृद्धि उच्च रहेको छ । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक चालू आर्थिक वर्ष २०७६÷७७ का ८ महिनामा मुलुकको आर्थिक तथा वित्तीय स्थितिअनुसार विदेशमा काम गर्ने नेपाली विदेशबाट ५ खर्ब ९२ अर्ब रुपैयाँ रेमिट्यान्सबापत भित्रिएको छ ।

राष्ट्र बैंकको अनुसार समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या २४.२ प्रतिशतले बढेको छ ।

1

Scroll to Top