Banijya News

भक्तपुरमा चार सयको परीक्षणमा ३९० को नेगेटिभ (भक्तपुर जिल्लाको उपचार क्षमताको नालीबेली)

1
1.1K Shares

बैशाख ९, भक्तपुर ।
भक्तपुरमा चार सय जनाको कोरोना परीक्षण गरिएको छ । जिल्लाको भक्तपुर अस्पतालमा सञ्चालित फिवर क्लिनिकमा कोभिड १९ सँग मिल्दो लक्षण भएका बिरामीहरुको पोलिमिरेज चेन रियाक्सन (पिसिआर) र ¥यापिड डाईग्नोष्टिक टेष्ट (आरडीटी) प्रविधिद्धारा परीक्षण गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । परीक्षण गरिएका मध्ये १ सय ७६ जनाको पिसिआर र २ सय २४ जनाको आरडीटी परीक्षण गरिएको हो ।


परीक्षण गरिएका मध्ये ३९० जनाको रिपोर्ट नेगेटिभ आएको र १० जनाको रिपार्ट आउन बाँकी रहेको छ । भक्तपुरमा एक जनाको आइसोलेसनमा उपचार भइरहेको छ ।


त्यसैगरी गतवर्षको चैत्र महिनाको १ गतेदेखी यता भारतलगायत विभिन्न मुलुकबाट भक्तपुर आएर बसोबास गरिरहेका ३ सय ५५ जनाको पहिचान भई उनीहरुलाई घरमै सेल्फक्वारेन्टाइनमा राखेर निगरानी गरिरहेको प्रशासनले जनाएको छ । विदेशबाट आएकाहरु मध्ये २६५ जनाको भक्तपुर अस्पतालमा गरिएको कोभिड १९ परीक्षण नेगेटिभ आएको, २८ जनाको रिपार्ट आउन बाँकी रहेको र ६२ जनाको परीक्षण गर्न बाँकी रहेको छ ।


भक्तपुरमा तीन स्थानमा क्वारेन्टाइन
भक्तपुरमा तीन स्थानमा क्वारेन्टाइनको व्यवस्था गरिएको छ । जसमध्ये खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा २०८, नगरकोटस्थित खानेपानी तथा सरसफाई डिभिजन कार्यालयको तालिम केन्द्रमा २३ र मध्यपुर थिमि बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा ६८ वेड तयारी अवस्थामा राखिएको छ ।


२८ एम्बुलेन्स तयारी अवस्थामा
भक्तपुरमा कोरोना विशेष ५ वटा सहित २३ वटा एम्बुलेन्स तयारी अवस्थामा राखिएको छ । कोभिड १९ संक्रमित बिरामीलाई सुरक्षितरुपमा अस्पतालमा लैजान ५ वटा एम्बुलेन्सलाई विशेषरुपमा मोडिफाइड गरी तयार गरिएको हो । ती एम्बुलेन्स चालकहरुलाई कोभिड १९ का बारेमा अभिमुखीकरण गरिएको र उनीहरुको सुरक्षाको लागि पीपीई, मास्क, पञ्जालगायतका स्वास्थ्य सुरक्षा सामाग्री प्रदान गरिएको प्रशासनले जनाएको छ ।


भक्तपुर नगरपालिकको विशेष परीक्षण
भक्तपुर नगरपालिकाद्वारा संचालित जनस्वास्थ्य सेवा केन्द्रमा सोमबारदेखी कोभिड १९ को आरटीडी परीक्षण शुरु भएको छ । कमलविनायकस्थित सरस्वती विद्यागृहमा गरिएको ९ जनाको परीक्षण गरेको छ ।
केन्द्रले मंगलवार वडा नं. ४ को तालक्व, वडा नं. ५ को भगवतीस्थान, वडा नं. ९ को इन्जिनियरिङ कलेजमा चैत्र १ गतेपछि भक्तपुर आएका व्यक्तिहरुको आरडिटी परीक्षण शुरु गरेको हो ।
नगरपालिकाले चैत्र १ गतेदेखी विभिन्न देशबाट नेपाल फर्केर भक्तपुर नगरमा बसोबास गर्दै आएकालाई सम्बन्धीत वडा कार्यालयमा आरडीटी परीक्षणका लागि सम्पर्क गर्न अनुरोध गर्दे आएकालाई परीक्षण गर्दे पठाउँदै गरेको छ ।
भक्तपुरमा कोरोना संक्रमितको उपचारका लागि आइसोलेसन, भेन्टिलेटर र आइसीयु गरी ११६ शैया तयारी अवस्थामा रहेको छ । जसमध्ये ५५ आइसोलेसन, २३ भेन्टिलेटर र ३८ आइसीयु शैया रहेका छन् ।


हेरौ कुन अस्पतालमा कति तयारी

काठमाडौं मेडिकल कलेज
काठमाडौं मेडिकल कलेज दुवाकोटका १५ आइसोलेसन, २ भेन्टिलेटर, १० आइसीयु रहेका छन् ।


भक्तपुर अस्पताल
भक्तपुर अस्पतालमा १० आइसोलेसन, २ भेन्टिलेटर रहेका छन् । भक्तपुर अस्पतालमा कोभिड १९ का लागि सुविधासम्पन्न छुट्टै विशेष उपचारस्थल तयार गर्ने तयारी भइरहेको छ । अस्पतालको निर्माणाधिन अस्थायी भवनको रोकिएको काम सुचारु गरी उक्त भवनमा कोभिड १९ को बिरामी राख्ने वार्ड, आइसीयु र एनआइसीयु निर्माण कार्यलाई तिब्रता दिएको छ ।

डा. इवामुरा अस्पताल
डा. इवामुरा अस्पतालमा ६ आइसोलेसन, १ भेन्टिलेटर, ३ आइसीयु रहेका छन् ।
आरोग्य अस्पताल
आरोग्य अस्पतालमा ५ आइसोलेसन, २ भेन्टिलेटर रहेको प्रशासनले जनाएको छ ।
मध्यपुर अस्पताल
यो अवस्पतालमा ५ आइसोलेसन, ३ भेन्टिलेटर, १० आइसीयु रहेको त्यहाँका प्रशासनले जनाएको छ ।
नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल
कोरिया मैत्रीमा हाल ४ आइसोलेसन, ४ भेन्टिलेटर, ६ आइसीयुु रहेका छन् ।
नागरिक अस्पताल
गठ्ठाघरमा रहेको नागरिक अस्पतालमा ३ आइसोलेसन र १ भेन्टिलेटर रहेका छन् ।
समिट अस्पताल
समिट अस्पतालमा ३ आइसोलेसन, २ भेन्टिलेटर, ६ आइसीयु रहेका छन् ।
शहिद धर्मभक्त राष्ट्रिय अंग प्रत्यारोपण केन्द्र
अगं प्रत्यारोपण केन्दमा जम्म दुई आइसोलेसन, २ भेन्टिलेटर, २ आइसीयु रहेका छन् ।
सिद्धि स्मृति अस्पताल
बच्चाको लागि भनेर खोलिएको सिद्धिमा १ आइसोलेसन, ३ भेन्टिलेटर, १ आइसीयु रहेका प्रशासनले जनाएको छ ।
नेपाल नेत्रज्योती अस्पताल
नेत्रज्योतिमा जम्मा एक मात्र आइसोलेसन र १ भेन्टिलेटर कोभिड १९ को उपचारको लागि तयारी अवस्थामा राखिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

1

Scroll to Top