Banijya News

गृहद्धारा १९ जना एसपीलाई एसएसपीमा बढुवा सिफारिस (लिष्ट समेत)

1
1.1K Shares

बैशाख १०, काठमाण्डौ –

गृह मन्त्रालयलले १९ जना एसपी (प्रहरी उपरीक्षक) लाई एसएसपी (प्रहरी वरिष्ठ उपरीक्षक) मा बढुवा सिफारिस गरेको छ । गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बढुवा समितिले १९ जना एसपीलाई एसएसपीमा सिफारिस गरेको हो ।

गृह मन्त्रालयका अनुसार वीरेन्द्रकुमार बस्याल, जनक भट्टराई, विष्णुकुमार केसी, भरतबहादुर बोहरा, कुबेर कडायत, केदार ढकाल अशोक सिंह, सुदिप गिरी, दुर्गा सिंह, रवीन्द्र केसी, राजेशनाथ बाँस्तोला, किरण राणा, नवराज भट्ट, लालमणि आचार्य, यज्ञविनोद पोखरेल, हृदय थापा, राजकुमार वैदवार, मुकेशकुमार सिंह र चन्द्रकुबेर खापुङलाई एसएसपीमा सिफारिस गरिएको छ ।

1

Scroll to Top