बैशाख १०, काठमाण्डौ
लकडाउन उल्लंघन गर्नेलाई सम्झाउन जाँदा प्रहरीमाथि हातपात भएको छ । प्रहरीचौकी राजघाटका प्रहरी सहायक निरीक्षक बिकारु मण्डलमाथि मंगलबार राति कुटपिट भएको हो ।
लकडाउन उल्लंघन गरी जम्मा भएका युवालाई सम्झाइबुझाई गर्दा प्रहरी सहायक निरीक्षक मण्डलमाथि मङ्गलबार राति दुव्र्यवहार भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको हो ।
मण्डललाई उपचारका लागि हरिवनको नमूना अस्पतालमा राखिएकोे छ भने घटनामा संलग्न रहेको आशंकामा तीन जनालाई इलाका प्रहरी कार्यालय बरहथवाको नियन्त्रणमा राखिएको छ ।


