११ वैशाख, काठमाडौं ।
कोभिड १९ को महामारीलाई नियन्त्रण गर्ने सुरक्षा तथा स्वास्थ्य निकायको प्रयत्नलाई सहयोग र्पुयाउने उद्देश्यले मोबाइल फोन इम्पोर्टर्स एसोसिएसन (एमपीआईए) द्वारा व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) हस्तान्तरण गरिएको छ । कम्पनीले नेपाल प्रहरीलाई ४० थान पीपीई र ५ हजार थान मास्क हस्तान्तरण गरेको हो ।
महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालमा आयोजित एक समारोहका बीच एसोसिएसनका अध्यक्ष दीपककुमार मलहोत्रा एवम् पदाधिकारीहरूले संयुक्त रूपमा अस्पताल प्रमुख एवम् प्रा. प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहलाई सो परिमाणका स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।


