काठमाडौं । झापामा पनि पहिलो पटक कोरोना संक्रमणको बिरामी भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार झापाका ६२ वर्षीय वृद्धमा कोरोना संक्रमण पुष्टि भएको हो । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको थ्रोट स्वाब परीक्षणमा ती वृद्धको रिपोर्ट पोजेटिभ आएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले झापा निवासी ६२ वर्षीय पुरुषमा थप नयाँ संक्रमण देखिएको बताए । हाल उनी आइसोलेसनमा उपचार्रार्थ रहेका र स्थिति सामान्य रहेको सहप्रवक्ता अधिकारीले बताए । यससँगै नेपालमा कूल संक्रमितको संख्या ४९ पुगेको छ ।


