उत्तर कोरियाली नेता किम जोङ–उनको स्वास्थ्य अवस्था विग्रदै गएको अन्र्तराष्ट्रिय मिडियाले जनाएका छन् । स्वास्थ्य अवसथा बिग्रदै गर्दा चीनले किम जोनको उपचारको लागि आफ्नो १ टिम पठाएको छ । जसमा मेडिकल विशेषज्ञसमेत सामेल छन् । बेइजिङस्थित चिनियाँ कम्युनिस्ट पार्टीको अन्तराष्ट्रिय सम्पर्क विभागका वरिष्ठ सदस्यको नेतृत्वमा १ प्रतिनिधिमण्डल बिहीबार उत्तर कोरियाका लागि प्रस्थान गरेको हो ।
किम जोङ उनको स्वास्थ्यबारे अनेक अट्कलबाजीका समाचार आइरहेका बेला चीनले चिकित्सकसहितको टोली पठाएपछि विश्वको ध्यान कोरियामा परेको छ । सोलस्थित वेबसाइट डेली एनकेले १२ अप्रिलमा मुटुको शल्यक्रिया गरिएका किमको स्वास्थ्यमा सुधार आइरहेको जनाएको छ ।
दक्षिण कोरियाका सरकारी अधिकारी र चिनियाँ अधिकारीसँग सम्पर्कमा रहेको विभागले उनको स्वास्थ्य शल्यक्रियापछि गम्भीर खतरामा रहेको भन्ने भनाइको खण्डन गरेको थियो । एजेन्सी


