वैशाख १४, काठमाडौं ।
पर्साको वीरगञ्जमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पर्साका दुई जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो । संक्रमणको पुष्टि भएपछि दुबैलाई नारायणी अस्पताल भर्ना गरिएको छ ।
योसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या ५१ पुगेको छ । १२ जना निको भएर डिस्चार्ज भएका छन् ।


