Banijya News

राहत वितरण गर्न गएका थिए झापाका कोरोना संक्रमितः झण्डै ३ सयको सम्पर्कमा रहेको स्थानीयको दाबी

1
1.0K Shares

बैशाख, १५ झापा ।
दोस्रो नम्वरमा झापामा कोरोना संक्रमण पुष्टी भएका बाह्रदशीका एक ब्याक्ती लकडाउनको समय विभिन्न क्षेत्रमा राहत समेत वितरण गर्न गएको खुलेको छ ।

बाह्रदशीका ५० बर्षिय कोरोना संक्रमित फागुन २९ गते भारतको धार्मिक सभाबाट झापा आएका थिए । भारतको नयाँदिल्लीस्थित निजामुद्दिनमा मुस्लिम संस्था तबलिगी जमातको हेडक्वार्टरमा भएको धार्मिकसभामा सहभागी भएर घर फर्किएको ४५ दिनपछि उनमा कोरोना संक्रमणको पुष्टि भएको छ ।


फागुन २० गते भएको सभामा सहभागी भई उनी फागुन २८ गते झापा घर फर्किएका थिए । उनी होम क्वारेन्टाइनमा नबसेको स्थानीयले बताएका छन् । आइतबार विराटनगरको कोशी अस्पतालमा गरिएको पिसिआर परीक्षणका क्रममा ५० वर्षीय उनमा कोरोना संक्रमणको पुष्टि भएको हो ।
पेशाले स्थानीय मुस्लिम विद्यालयका शिक्षक मुल्बी समेत रहेका उनी लामो समयसम्म पनि क्वारेन्टाइनमा जान मानेनन ।


स्थानीयको अनुसार उनी म्वारेन्टाइनमा बस्नुको साट्टो राहत बाढ्ने योजना बनाउँन थालेका थिए । उनको घरमा दैनिक जमघट देखि राहतको योजना बुन्ने सम्मको काम हुने गरेको थियो । जानकारका अनुसार उनी दिल्लीबाट फिकिएपछि कम्तीमा पनि ३ सय मानिसको सम्पर्कमा रहेको पाइएको छ ।


आइतबार कोरोना संक्रमण पुष्टि भएका उनको यसअघि दुईपटक र्या्पिड टेस्ट गर्दा नेगेटिभ देखिएको थियो । उनको बैशाख ४ गते पहिलो पटक र शनिबार मात्रै दोस्रो पटक आरडीटी परीक्षण गरिएको थियो । आइतबार भने पिसिआर प्रविधिबाट परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको हो ।


हाल उनीसगै राहत वितरणमा हिड्ने गाउँपालिकाका जनप्रतिनिधि तथा सामाजिक कार्यकर्ताहरु तनावमा रहेका छन् । मुस्लिम वाहुल्य रहेको झापा बाह्रदशी गाउँपालिकाको वार्डनम्बर ४ मा जम्मा ७० प्रतिशत घरधुरी मुस्लिमकै रहेको छ ।


कोरोना संकमण पुष्टि भएका मुल्वीको घरमा समेत १५ जनाको परिवार छ । एउटै आगन जोडिएका करिव ४० जनाको बसोवास रहेको स्थानिय बताउँछन् ।


बिराटनगरको कोशी कोभिड अस्पतालमा अस्ती गरेको पिसीआर परिक्षण गर्दा कोरोना पुष्टि भएपछि गाउँमा त्रास वढेको छ । उनको दुई पटकसम्म आरडिटी चेक गर्दा नेकेटिभ रिपार्ट आएको थियो । उनको पुन पिसिआर चेक गर्दा नतिजा पोजेटिभ आयो त्यसवेलासम्म समय धेरै बितिसकेको स्थानीयको बुझाई छ ।


गाउँपालिकाका अध्यक्ष खड्गप्रसाद राजवंशीको अध्यक्षतामा बसेको बैठकले गाउँपालिकामा आवतजावत गर्न निषेध गर्ने निर्णय गरेको छ । संघीय सांसद् राजेन्द्र लिङ्देनसमेत सहभागी रहेको गाउँपालिका बैठकले पूर्वतर्फ कञ्चनगढ, पश्चिममा विरिङ खोला, उत्तरमा पाख्रीवास र दक्षिणमा राधानगर (घाग्रा खोला) सम्मको चारकिल्ला भू–भागमा हिँडडुल गर्न पूर्ण प्रतिबन्ध लगाएको छ ।


गाउँपालिका अध्यक्ष राजवंशीको अध्यक्षतामा निषेधित क्षेत्रको समन्वयका लागि ९ सदस्यीय समिति समेत गठन भएको छ । गाउँपालिका उपाध्यक्ष रत्नाकुमारी राजवंशी, वडा नम्वर ३, ४ र ५ का वडाअध्यक्षहरु, नेपाल रेडक्रस सोसाइटीका पदाधिकारी सदस्य रहने गरी समिति गठन भएको छ ।
पछिल्लो तथ्याडकमा झापामा कोरोना संक्रमितको संख्या दुई पुगेको भएपछि पछिल्लो संक्रमणले थप त्रास पैदा गरेको छ । यसअघि बैशाख १२ गते दमक निवासी ६२ वर्षीय पुरुषमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।

1

Scroll to Top