Banijya News

रौतहटमा दुई युवकमा कोरोना संक्रमणः भुुसहा र करुनिया गाउँ ‘सिल’

1
1.1K Shares


बैंशाख १६ , रौतहट ।
रौतहटमा दुईजनामा कोरोना संक्रमण देखिएको छ । संक्रमण देखिएसँगै सरकारले दुई गाउँलाई शिल गरेको छ ।
मंगलवार रौतहटको बृन्दाबन ९ भुुसाहा गाँउका एक २४ वर्षीय युवक र देवाही गोनाही १ का ३५ वर्षीय अर्का युवकको स्वाबथ्रोट जाँचमा कोरोना पोजिटिभ पुष्टि भएको छ । उनीहरुको स्वाथ परीक्षणको लागि काठमाडौको टेकु अस्पतालमा पठाईएको थियो ।
स्थानीय प्रशासनले रौतहटका बृन्दाबन नगरपालिका वडा ९ स्थित भुुसहागाँउ र देवाही गोनाही नगरपालिका वडा १ करुनिया गाँउलाई सिल गरेको हो । शिलपछि दुुबै गाँउमा मानिसहरुको आवतजावतमा प्रशासनमा कडा प्रतिबन्ध लगाइएको छ ।
टेकुुको रिपोर्टपछि संक्रमित दुुबैजना युवकलाई थप उपचारका लागि नारायणी अस्पताल वीरगञ्ज पठाइएको छ ।
जनकपुरस्थित प्रादेशिक अस्पतालले बृन्दावनका २४ वर्षीय युुवकको स्वाबथ्रोट नेगेटिभ रहेको बताएपछि चन्द्रपुर क्वारेन्टाईनबाट ६ गते युवकलाई घर पठाइएको थियो । उनी लकडाउनकै अवधिमा चोर बाटो हुँदै भारतको कलकता बाट स्वदेश आएका थिए ।
उक्त युुवकको सम्पर्कमा रहेका २४ जनालाई आज चन्द्रपुरस्थित क्वारेन्टाईन पठाइएको छ ।

त्यस्तै देवाही गोनाहीका संक्रमित युवक पनि गत ६ गते भारतको राजधानी दिल्लीबाट चोर बाटो हुँदै घर फर्केका थिए । उनी फर्केका दिन आफ्नो भरमै बसेर भोलिपल्ट मात्र क्वारेन्टाईनमा आएका थिए । प्रशासनले उनको परिवारलाई समेत क्वारेन्टाईनमा राखेको छ ।

1

Scroll to Top