Banijya News

थप तीन जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५७

1
1.0K Shares

  बैंशाख, १७ काठमाण्डौ ।

नेपालमा कोरोना भाइरस (कोभिड-१९) का तीनजना बिरामी थपिएका छन्। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा बाराका दुई र पर्साका एक जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

वीरगञ्ज– २ छपकैयाका ४६ वर्षीय पुरुष, बारा, सिम्रौनगढका ३१ वर्षीय पुरुष र बारा जीतपुर– ७ का ४३ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो।

उनीहरु तीनै जना यसअघि वीरगन्ज १६ स्थित इनरुवाका कोरोना संक्रमित व्यक्तिसँगै दिल्लीको मर्कजबाट फर्किएका थिए।

यससँगै नेपालमा कोरोना संक्रमितहरुको संख्या ५७ पुगेको छ। जसमा १६ जना निको भएर घर फर्किएका छन्। 

यी तीनैजनालाई अहिले एम्बुलेन्बाट वीरगञ्‍जस्थित नारायणी कोरोना विशेष अस्पतालमा लगिँदैछ। त्यस अस्पतालमा अहिले वीरगञ्‍जकै दुईसहित तीन कोरोना संक्रमितको उपचार भइरहेको छ। त्यहाँ उपचाररत चारजना यसअघि नै डिस्चार्ज भइसकेका छन्। 


1

Scroll to Top