बैंशाख, १७ काठमाण्डौ ।
प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली पार्टीकै शीर्ष नेताबाट घेराबन्दीमा परेपछि आफ्नो पक्षमा बहुमत जुटाउने रणनीतिमा जुटेका छन् । पार्टीभित्र बहुमतको रस्साकस्सी चलिरहेका बेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष ओली पक्षधर सांसदहरुले हस्ताक्षर संकलन सुरु गरेका हुन् ।
पार्टीभित्रैबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउन लागेपछि आफूहरूले प्रधानमन्त्रीको समर्थनमा बालुवाटारमा हस्ताक्षर गरेको नेकपाका एक सांसदले बताएका छन्।
प्रचण्ड समूहका नेता हरिबोल गजुरेलसहितले ओलीलाई प्रधानमन्त्री वा अध्यक्षमध्ये एक पदबाट बिदा गर्न भन्दै हस्ताक्षर अभियान चलाइरहेका बेला बालुवाटारमा पनि त्यही अभियानको तयारी बुधबार देखिएको छ । सचिवालय बैठकको पूर्वसन्ध्यामा प्रधानमन्त्रीनिवास बालुवाटारमा बुधवार पनि ओली पक्षीय सांसदहरुको भेला भएको छ । राजधानी बाहिर रहेका सांसदहरुलाई पनि काठमाडौं ल्याइँदैछ ।
अल्पमतबाट जोगिन प्रचण्ड र माधव नेपाल दुवै समूहलाई फकाउने प्रयास सफल नभएपछि सांसदको हस्ताक्षर जुटाएर बहुमत देखाउने तयारीमा ओली छन्।पछिल्लो समय सत्तारुढ नेकपाभित्रको आन्तरिक विवादले जटिल मोड लिएको छ। खासगरी अध्यादेश जारी तथा फिर्ता प्रकरणपछि पार्टीभित्र ओलीविरुद्धको मत बलियो बन्दै गएको छ।
ओलीले बुधबार साँझ ५ बजेको सचिवालय बैठकमा आफ्नो पक्षमा बहुमत देखाउन सांसादलाई हस्ताक्षर गराउन सुरु गरेको स्रोतको दाबी छ । आन्तरिक विवाद र पछिल्लो घटनाक्रमको विषयमा छलफलका लागि साँझ ५ बजे सचिवालय बैठक बोलाइएको छ ।
बुधबार अपरान्ह ५ बजे पार्टीको सचिवालय बैठक बस्नुअघि बालुवाटारमा ओली पक्षले गुट बैठक राखेको छ। उक्त बैठकमा काठमाडौं उपत्यकामा रहेका केन्द्रीय सदस्य र सांसदहरु सहभागी भएका छन्।
अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मंगलबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलपछि सचिवालय बैठक बोलाइएको हो । यो बैंठक बोलाउँनुको भित्री करण नेताहरु विचमा असहमति नै देखिन्छ ।
पाटीभित्र आन्तरिक विवाद बढेपछि विवाद समाधानका लागि बैठक बोलाएको नेताहरूले बताउँदे आएका छन् । पार्टीमा २ समूह आ–आफ्नो गुट बलियो बनाउन सक्रिय छन् ।


