Banijya News

२० जनाको उपस्थितिमा गरियो इरफानको अन्तिम संस्कार

1
1.0K Shares

बैंशाख, १७ काठमाण्डौ ।

मंगलबार स्वस्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका  बलिउड अभिनेता इरफान खानको बुधबार बिहान निधन अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।  खानको शव बुधबार दिउँसो मुम्बईको भरशोभा कब्रस्तानमा गाडिएको  छ ।

कोरोनाको रोकथामका लागि गरिएको लकडाउनका कारण अन्तिम संस्कार धेरै जना उपस्थित हुन नमिल्ने हुनाले भारतीय सञ्चारमाध्यमका अनुसार उनको अन्तिम विदाइमा बीस जनालाई मात्रै प्रवेश गर्न दिइएको थियो। जहाँ इरफानको परिवार र उनका निकटस्थ्यहरु मात्र रहेका थिए ।

आज भन्दा ४ दिन अघि इरफानकी आमाको निधन भएको थियो ।  लकडाउनका कारण इरफान आफ्नो आमाको अन्तिम संस्कारमा पनि सरिक हुन पाएका थिएनन् । उनले भिडियो कलमार्फत् आमाको अन्तिम संस्कार हेरेको बताइन्छ ।

पछिल्लो समय इरफानले अंग्रेजी मिडियम नामक फिल्ममा अभिनय गरेका छन्। फिल्म ‘अंग्रेजी मिडियम’ का बेला पनि उनको स्वास्थ्य बिग्रने गरेको बताइन्छ । यस्तोमा युनिटले थुप्रै पटक आफ्नो सुटिङ रोक्नुसमेत गर्दथ्यो । जब इरफान राम्रो महसुस गर्दथे तब मात्रै सट पुनः लिइन्थ्यो । 


 

1

Scroll to Top