Banijya News

नेकपाको सचिवालय बैंठक सकियोः निस्कर्षमा पुग्न नसक्दा २० गते अर्को बैंठक बस्ने

1
1.0K Shares

बैंशाख, १७ काठमाण्डौ ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको जारी विवादबारे निर्णायक हुने भनिएको पार्टीको सचिवालय बैठक विना निस्कर्ष सकिएको छ । निस्कर्षमा पुग्न नसकेपछि अर्काे बैठक बैशाख २० गते बस्ने सहित भएको छ ।


साढे तीन घण्टा चलेको बैंठकबाट बाहिरिदै गर्दा पाटी प्रवक्ता नारायणकाजी श्रेष्ठले शनिबार बस्ने सचिवालय बैठकले नै स्थायी समिति बैठकको मिति तोक्नेछ । यो बीचमा नेताहरुबीच छलफल जारी रहनेछ बताएका छन् ।

नेकपा सचिवालय र स्थायी कमिटी बैठक बोलाउन नेताहरुले लामो समयदेखि प्रयास गर्दै आएका थिए । वैशाख १० गते अध्यक्ष प्रचण्ड समूह र माधव नेपाल समूहका २० स्थायी कमिटी नेताहरु तत्काल स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाउन माग गरेका थिए । पार्टीमा विवाद बढ्दै गएकाले आफ्ना कुरा राख्न तत्काल बैठक बोलाउनु पर्ने माग उनीहरुको थियो ।

प्रधानमन्त्री ओली र नेपाल समूहको गत सोमबार कोटेश्वरको एक सरकारी भवनमा बसेको बैठकले तत्काल सचिवालय र स्थायी कमिटी बैठक बोलाउने समझदारी भएको थियो । समझारी अनुसार गत मंगलबार सचिवालय बैठक बस्न सकेको थिएन । मंगलबार बैठक बोलाउने विषयमा ओली प्रचण्डबीच वालुवाटारमा समझदारी भएको थियो । समझदारी अनुसार आज बैंठक बोलाएपनि सहमति नहुँदा २० गतेको लागि बैठक फेरी डाकिएको हो ।

सचिवालय बैठकअघि शक्ति प्रदर्शन गर्न दुवै पक्ष तीब्र रुपमा लागिपरेका थिए । बुधबार ५ बजे बैठक तय भएपछि प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीका साथै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल समूह शक्ति देखाउने होडमा लागेका थिए ।

सचिवालय बैठकअघि आफ्नो पक्षमा बलियो पकड रहेको देखाउन दुबै पक्षले हस्ताक्षर अभियान गरेका थिए । बैठकमा आफूमाथि बहुमतको प्रश्न उठ्ने देखेपछि ओली समूहले आज दिनभर सांसदको हस्ताक्षर संकलन गरेर रक्षात्मक अवस्थामा उपस्थित भएका थिए। ओलीले बालुवाटारमै सांसद बोलाएर सत्ता परिवर्तनको खेलमा नलाग्न निर्देशन समेत दिएका थिए । केही दिनदेखि हस्ताक्षरका विषयमा कुरा चलेपछि मंगलबार ओली पक्षले र एक दिनपछि प्रचण्ड–नेपाल समूह औपचारिक रुपमा अघि बढेका थिए ।

सचिवालयमा हुने सम्भावित विवादलाई लक्षित गरी उनीहरुले शक्ति देखाएका थिए । यस्ले आज केही निर्णयक वार्ता हुने अपेक्षा थियो । प्रधानमन्त्री ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट राजीनामा दिन प्रचण्ड–नेपाल समूहले दबाब दिनेछ भन्ने आकलन गरिएको थियो । उक्त दबाबको प्रतिउत्तरमा संसदीय दलको बैठक फेस गर्ने जवाफ दिने तयारी ओलीले गरेका थिए ।

1

Scroll to Top