वैशाख १८, काठमाडौं ।
बाख्रा चराउन गएका रोल्पा त्रिवेणी गाउँपालिका–७ गैरिगाउँका चार बालबालिकाको बेबारिसे बम पड्कदा ज्यान गएको छ ।
विस्फोटमा परेर ज्यान गुमाउनेमा गैरिगाउँ ७ का एकै घरका दिदीभाइ ११ वर्षीया विमला केसी र ५ वर्षका विजय केसीसहित छिमेकी १४ वर्षका नोखिराम डाँगी र १३ वर्षका गौरव नेपाली रहेको त्रिवेणी गाउँपालिकाका अध्यग शान्तकुमार ओली बताएका छन् ।
विस्फोट भएको बम सशस्त्र द्वन्द्वको बेला जंगलमा लुकाइएको हुनसक्ने अनुमान गरिएको छ । घटनाका बारेमा बुझ्न प्रहरी टेलीले अनुसन्धान गरिरहेको छ ।


