Banijya News

कोरोना मापन गर्ने थर्मल गन कालोबजारी गर्ने सुलभ अग्रवाल तारिखमा छुटे

1
1.0K Shares

वैशाख १९, काठमाडौं ।

कुटनीतिक नियोगको गाडिमा चढेर त्यस्को दुरुपयोग गर्दे कोरोना मापन गर्ने थर्मल गन कालोबजारी गर्ने व्यवसायी सुलभ अग्रवाललाई सम्पत्ति शुद्धीकरण विभागले बिहीबार राति तारेखमा छाडेको छ ।
शंकर ग्रुपका सञ्चालक सहेका अग्रवाल माथिल्लो निएको आदेशमा बाँकी अनुसन्धान लकडाउनपछि गर्ने भन्दै विभागले तारेखमा छाडिएका हुन् ।
अग्रवाललाई काठमाडौं जिल्ला अदालतले बिहीबार २५ लाख ५० हजार धरौटीमा छाड्ने आदेश दिएलगत्तै प्रहरीले पुनः पक्राउ गरेर सम्पत्ति शुद्धीकरण विभागमा बुझाएको थियो ।
चीनमा ३ हजार रूपैयाँ पर्ने थर्मल गन १५ देखि २० हजारमा बेचेको आरोपमा प्रहरी आफैं ग्राहक बनेर अग्रवाललाई गत चैत २५ गते नक्सालबाट पक्राउ गरेको थियो ।

1

Scroll to Top