वैशाख १९, काठमाडौं ।
भारतमा लकडाउनको अवधि दुई साता थपपिएको छ । यसअघि मे ३ अर्थात वैशाख २१ गतेसम्म गरिएको लकडाउनको अवधि थप गरेर मे १७ अर्थात जेठ ४ गतेसम्म कायम गरिएको आजतकले बताएको छ ।
कोरोना भाईरसको संक्रमण बढदै गएपछि भारत सरकारले थप लकडाउन बढाउँने निर्णय गरेको हो ।
भारतमा गत मार्च २५ अर्थात् चैत १२ देखि लकडाउन गरिएको हो ।
शुक्रबारसम्म त्यहाँ ३५ हजार बढी मानिसलाई संक्रमण पुष्टि भएको छ भने १ हजार १५० जनाको ज्यान गएको छ ।


