Banijya News

राष्ट्र बैंकले दिएको सहुलियतमा बैकर्स संघको असन्तुष्टि

1
1.0K Shares

बैंशाख २१, काठमाडौं ।
कोरोना भाइरस (कोभिड १९) का कारण प्रभावित व्यवसायका लागि नेपाल राष्ट्र बैंकले घोषणा गरेको राहतप्रपति बैंकर्स संघले असन्तुष्टी जनाएको छ । गभर्नर महाप्रसाद अधिकारीलाई भेटेरै नेपाल बैकर्स संघले दोस्रो चरणको राहतप्रति असन्तुष्टि जनाएको हो ।
राष्ट्र बैंकले गत मंगलबार बैंक तथा वित्तीय संस्थाहरुको लागि एक सूचना जारी गर्दै चालु आर्थिक वर्षको चौथो त्रैमासको व्याज गणना गर्दा चैत मसान्तमा कायम व्याजरमा २ प्रतिशत बिन्दुले छुट दिने घोषणा गरेको थियो । घोषणामा वैशाख र जेठमा भुक्तानी गर्नुपर्ने किस्ता असार मसान्तमा असुल गर्ने र त्यसमा कुनै जरिवाना नलगाउने भन्ने थियो ।
लकडाउन अवधिमा भुक्तानी गर्नुपर्ने सम्पूर्ण चालुपुँजी कर्जाको सावाँ र व्याज भुक्तानी अवधि ६० दिन थप गर्नेलगायत विभिन्न सहुलियत घोषणा गरेको थियो । राष्ट्र बैंकले घोषणा गरेको केही सहुलियत प्याकेजप्रति बैंकहरुले असन्तुष्टि जनाउँदै आएका छन् । यसैको शिलशिलामा बैकर्स एशोसियसन गर्भनर भेटन पुगेका हुन् ।
भेटमा बैकर्सहरुले राष्ट्र बैकले दोस्रो चरणमा गरेको राहत प्याकेजको पुर्नर विचार गर्नको लागि भनेका एक बैकर्सले बताएका छन् । उनका अनुसार राष्ट्र बैंकले बैकर्ससित सोध्दै नसोधी एकपक्ष रुपमा ब्याज छुट दिदा त्यस्ले वित्तीय क्षेत्रमा अराजकता ल्याउँने भन्दै गर्भनरलाई सजग गराएको बताएका छन् ।
उता बैंकर्स संघका अध्यक्ष भुवन दाहालले भने बैंकर्सले नेपाल राष्ट्र बैंकका गभर्नर अधिकारीसँग आफ्ना असन्तुष्टिबारे ध्यानाकर्षण गराएको बताएका छन् । उनले असन्तुष्टीसँगै समग्र बैंकिङ क्षेत्रको अवस्थाको विषयमा छलफल भएको बताए ।

1

Scroll to Top