बैंशाख २२, काठमाडौं ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघले कोरोना भाइरसको प्रभाव वैदेशिक रोजगार व्यवसायमा परेको भन्दै सरकार समक्ष धरौटी फिर्ता देखि इजाजत पत्र नविकरण विभिन्न माग राख्नै मन्त्री भेट्न पुगेका छन् । संघका अध्यक्ष विष्णु गैरेले श्रम रोजगार तथा सामामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवलाई सोमबार ज्ञापनपत्र बुझाउँदै घरासायी बन्दै गरेको वैदेशिक रोजगार व्यवसायलाई जोगाउन आग्रह गरेका छन् ।
संघले व्यवसायीले राखेको नगद ५० लाख धरौटी फिर्ता गरिदिन माग गरेको हो । अध्यक्ष गैरे नेतृत्वले मन्त्रालय पुगेर संघले कोरोना महामारीका कारण व्यवसाय ठप्प भएको भन्दै नगद धरौटी फिर्ता गरिदिन माग गरेको हो । संघले २०६२ सालमा इराकमा १२ जना नेपालीहरुको निर्मम हत्या भएको बर्ष समेत व्यवसायीले राखेको धरौटी १ वर्ष चलाउन दिएको र अहिले त्यो भन्दा पनि भयावह अवस्था भएको कारणले गर्दा राखेको धरौटी फिर्ता गर्न माग गरेका हुन् ।
संघले एक बर्ष भित्रमा सय जना कामदार विदेश नपठाउने व्यवसायीको इजाजत नविकरण गरिदिन अनुरोध गरेको छ । वैदेशिक रोजगार ऐनमा बर्षमा एकसय कामदार विदेश नपठाउने व्यवसायीको इजाजत रद्ध गर्ने प्रावधान छ ।
यद्यपी गत चैत्र १६ गतेको मन्त्रीपरिषदको वैठकले वैदेशिक रोजगारमा एकसय जना कामदार नपठाएकै कारण इजाजत खारेज गर्ने हालको व्यवस्था हटाउन वैदेशिक रोजगार ऐन संशोधन गर्ने निर्णय गरिसकेको छ । संघले मेनपावर व्यवसायीहरुलाई राहतको व्याकेज उपलब्ध गराउन समेत सरकार समक्ष आग्रह गरेको छ ।
कोरोना भाइरसबाट धेरै प्रभावित वैदेशिक रोजगार व्यवसाय रहेकाले घरवाहल कर, राजस्व, वैंकको ब्याज, ऋण तिर्ने म्याद थप लगायतका माग सघले सरकार समक्ष राखेको छ । श्रममन्त्री रायले व्यवसायीहरुका माग जायज रहेकाले संवोधन गर्नका लागि मन्त्रालय तयार रहेको बताएको संघका महासचिव श्रेष्ठले जानकारी दिए ।


