बैंशाख २३, काठमाडौं ।
कोरोनाभाइरसको संक्रमणबाट भारतमा पहिलोपटक एकै दिन सबैभन्दा बढी संक्रमित व्यक्ति भेटिएका छन् । भारतमा सोमबार एकै दिन हालसम्मकै बढी १७५ जनाले कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाएका छन् । त्यहाँ अहिलेसम्म मृतकको संख्या १५ सय ६६ पुगेको छ भने संक्रमितको संख्या ४६ हजार ४३७ पुगेको छ ।
प्राप्त पछिल्लो समाचारका अनुसार भारतमा हालसम्म यो सङ्क्रमणबाट कम्तीमा पनि ८६ जनाको ज्यान गएको छ । त्यसैगरी यसका सङ्क्रमितहरु मध्ये १४४ जना निको भएर घर फर्किएका छन् ।
भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा प्रत्येक दिन नयाँ नयाँ सङ्क्रमितहरु थपिँदै जान लागेकोले भारतले घोषणा गरेको लकडाउनको अवस्थामा थप कडाई गर्नुपर्ने धारणा राख्दै आएको छ ।
संक्रमण तीब्र हुँदै जाँदा भारतमा आगामी १७ मेसम्मका लागि लकडाउन थपिएको छ । तर, आपतकालीन, अत्यावश्यक सेवा क्षेत्र भने सञ्चालनमै छन् ।


