बैंशाख २३, काठमाडौं ।
संघीय संसद सचिवालयका महासचिवमा भरतराज गौतमले पद तथा गोपनियताको शपथ लिएका छन्। महासचिव गौतमले मंगलबार सभामुख अग्नि सापकोटा समक्ष पद तथा गोपनीयताको सपथ लिएका हुन् ।
सपथ कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनासहित विभिन्न पार्टीका संसदीय दलका नेता, सचेतक र समिति सभापतिहरू उपस्थिति थिए।
सभामुख सापकोटा र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाको सिफारिसमा सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले डा गौतमलाई संघीय संसदको महासचिव पदमा नियुक्त गरेकी थिइन् ।


