Banijya News

लकडाउन जेठ ५ गतेसम्म लम्बाउने मन्त्रिपरिषद्को निर्णय

1
1.0K Shares

बैंशाख २४, काठमाडौं ।
सरकारले लकडाउन खोल्ने हल्ला चलिरहेको समय थप लम्ब्याउने निर्णय गरेको छ । बुधवार बसेको मन्त्रीपरिषद बैंठकले थप १० दिन थप्दै जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो ।

लकडाउन जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय भएको स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले बताए । उनका अनुसार ‘लकडाउनको अवधि पाँचौपटक थप गर्दै जेठ ५ सम्म र्पुयाउने निर्णय भएको छ ।


सरकारले यसअघि भोलि वैशाख २५ सम्मलाई लकडाउन गर्ने निर्णय गरेको थियो । सरकारले कोरोनाको संक्रमण बढ्न नदिन भन्दै लकडाउन लम्ब्याउँदै आएको छ । त्यस्तै मंगलबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले सरकारले गर्दै आएको लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको थियो ।


सरकारले पहिलो पटक चैत ११ गते लकडाउन गर्ने निर्णय गरेको थियो । त्यसपछि पटक पटक थपिएको लकडाउन वैशाख २५ गते सम्म निरन्तर छ । विश्वभर फैलिएको कोरोना भाइरसको महामारी नेपालमा पनि देखिएको छ । हालसम्म नेपालमा ८२ जनामा संक्रमण देखिएको छ । भने १६ जना निको भएर घर फर्किएका छन् ।

1

Scroll to Top