बैंशाख २४, काठमाडौं ।
अन्तराष्ट्रिय रुपमै कोरोनाको महामारी बढीरहेको भन्दै बाह्य क्षेत्रबाट हुने खतरा रोक्नका लागि अन्तराष्ट्रिय उडान र सीमानाका बन्द गर्ने निर्णय गरेको छ ।
बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेका मन्त्रिपरिषद्को बैठकले उडान जेठ ८ गते सम्मको लागि बन्द गर्ने निर्णय गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभत्त ढकालले ‘अन्तर्रा्ष्ट्रिय उडान र सीमानाका जेठ १८ गतेसम्मका लागि बन्द गर्ने निर्णय भएका बताए ।
उनले “पछिल्लो समय छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि नेपाल–भारत आवतजावतमा दुईतर्फी रोक लगाइएको हो । ”


