Banijya News

संघीय संसदको छैटौं बजेट अधिवेशनको तयारी पूराः स्वाब परिक्षण नगरे बैंठक कक्षमा बस्न नपाउँने

1
1.0K Shares

बैशाख २५, काठमाडौं ।
कोरोना भाइरस (कोभिड १९) कारण स्वास्थ्य सतर्कताका लागि विश्व स्वास्थ्य संगठनले निर्धारण गरेको सबै मापदण्ड पालना गर्दे संघीय संसदको छैटौं बजेट अधिवेशनको सबै तयारी पूरा भएको छ । संसद सचिवालयले सभामुख अग्निप्रसाद सापकोटालाई सबै सदस्यहरूको बसाई व्यवस्थापन, सभाकक्ष, कुर्सी, टेबुल, माइक व्यवस्थापन, सरसफाई लगायतका सबै तयारी पूरा भएको जानकारी गराएको हो । जानकारी पछि बिहीबार दिउँसो सभामुख सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले सभाहलको स्थलगत अवलोकन गरेका थिए ।


सभाहलमा विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड अनुसार दुरी कायम गरी बस्ने व्यवस्था गरिएको छ । जसअनुसार हरेक दुई सीट खाली गरेर बस्ने गरि मिलाइएको छ । संयुक्त सदन बस्दा करिब १०० जना सदस्यहरु माथिल्लो हलमा बस्नेछन् । प्रतिनिधिसभाको मात्रै बैठक हुँदा पनि ४० जना सांसद माथि बस्नुुपर्ने हुन्छ ।

संसद बैठक अघि कोरोना भाइरस भए नभएको बारे पिसिआर विधिबाट आज संघीय संसद अन्र्तगत ४४१ जनाको थ्रोट स्वाब संकलन गरिएको छ । जसमा १७९ जना प्रतिनिधिसभाका सदस्य, ३३ जना राष्ट्रिय सभाको सदस्य गरी २१२ जना सदस्य्हरुको स्वाब संकलन गरिएको छ । बाँकीको भोली विहान परीक्षण गरिने छ । यदी परीक्षण नगरे बैठक कक्षमा प्रवेश दिइने छैन् ।

1

Scroll to Top