Banijya News

कोरोना संक्रमणले २ करोड अमेरिकन बेरोजगार, ३ ट्रिलियन डलर ऋण लिने तयारी

1
1.0K Shares

वैशाख २७, काठमाडौं ।
कोरोनबाट सबै भन्दा बढी प्रभाति भएको छ अमेरिका । कोरोना भाइसरका कारणले भएको क्षति र त्यसबाट पार पाउन उसले ठूलै कसरत गर्नुपर्ने देखिन्छ । कोरोना महामारीका कारण अमेरिकामा २ करोडभन्दा बढी मानिस बेरोजगार बनेका छन् । महामारीका कारण अमेरिकामा बेराजगारी दर १४.७ प्रतिशत पुगेको छ ।
अमेरिकामा सन् १९३० को महामारीपछि यो नै सबैभन्दा दयनीय स्थिति हो । दुई महिनाअघिसम्म अमेरिकामा बेरोजगारी दर ३.५ प्रतिशत थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेराजगारी दर बढ्ने आकलन गरेपनि यतिसाह्रो तल झरेर बढने अपेक्षा थिएन ।
यही भएर कोरोनाभाइरसका कारण राहत प्याकेज र अन्य खर्चका लागि अमेरिकाले आर्थिक वर्षको दोस्रो त्रैमासिकमा तीन ट्रिलियन डलर ऋण लिने भएको छ । स्वास्थ्य सेवा, राहत प्याकेज र मानिसहरुलाई सिधै पैसा पठाउनका लागि प्रयोग गरिने रकम हो । कोरोनाका कारण अमेरिकी अर्थव्यवस्थाको करिब १४ प्रतिशत हिस्सा खर्च हुने भएको हो ।

सन् २००८ को आर्थिक संकटको समयमा एक त्रैमासिकमा अमेरिकाले जति ऋण लिएको थियो अहिलेको रकम त्योभन्दा पाँच गुणा बढी हो । कारेना प्रभावसँगै अमेरिकामा कूल २५ ट्रिलियन डलरको ऋण लागेको छ । एजेन्सी

1

Scroll to Top