Banijya News

एमाले र माओवादी एकीकरणको २ वर्षः विबाद बढ्दै जाँदा ‘तोरी र कोदोको मिश्रण’ नमिलेको संज्ञा

1
1.1K Shares

तात्कालिन एमाले र माओवादी केन्द्रबीच एकीकरण भएको २ वर्ष पूरा भएको छ । २०७५ साल जेठ ३ गते एक भब्य समारोहकाबीच मुलुककै दुई ठूला पार्टीहरु एमाले र माओवादी केन्द्रबीच एकीकरण भएको थियो । तीन महिना भित्र एकिकरण पूरा गर्ने प्रतिवद्धता जनाउदै पार्टी एक भएको घोषणा भएपनि बिभिन्न गुटउपगुटको भागबण्डाका कारण एकीकरणले निष्कर्ष अझै पाउन सकेको छैन ।

पार्टी भित्रको असहज परिस्थिति र पार्टीमा सल्लाहबिना सरकार सञ्चालन गरेको भन्ने दुई फरक धारका कारण दुई तिहाई नजिक रहेको वर्तमान सरकारले समेत प्रभावकारी काम गर्न नसक्दा धेरैले दुबैपाटीको एकिरणलाई ‘तोरी र कोदोको मिश्रणको’संज्ञादिन थालेका छन् । परिमाण सरकारले खसै कुनै राज्य संचालनको चमत्कार गर्न सकेको छैन् । नत एकीकरण भएको लामो समयसम्म पनि नेकपाले भने एकीकरणका कामलाई पूर्णता दिन भने सकेको छ ।

पछिल्लो समय पार्टीका शीर्ष नेताहरुबीच देखिएको विवाद, अनिश्चित बनेका पार्टीका ठूला कमिटीका बैठक, शीर्ष नेताहरुको कार्यविभाजन, शीर्ष नेतृत्वमा देखिएको गुटगत राजनीति लगायत कारण नेकपालाई कमजोर बन्दै गएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहालको जिम्मेवारी, दुई बरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालबीच बरिष्ठताको विवाद, उपाध्यक्ष बामदेव गौतमको दलीय हैसियत र सिंहदरबार छिर्ने मोह, दोस्रो तहका नेताहरुको सरकार र मन्त्री परिवर्तनका लागि भएका चलखेलले नेकपालाई बारम्बार विवादमा तानिरहेको छ ।

भ्रष्टचारमा शुन्यसहनशिलता अपनाउने नीति सरकारले अवलम्बन गरेपनि नेकपा नेताहरु नै चरम भ्रष्टचारमा संलग्न भएको समाचार आइरहेका छन् । नेकपा नेतृत्वमा सरकार गठन भएको झण्डै २७ महिना भएको छ तर जनअपेक्षा अनुसार काम गर्न नसकेको भनेर आलोचना चुलिएको छ ।

1

Scroll to Top