Banijya News

रौतहट र बारामा थप ९ जनामा कोरोना संक्रमण पुष्टि

1
1.0K Shares

रौतहटमा सोमबार थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार विहान राष्ट्रिय जनास्वास्थ्य प्रयोगशालाले दिएको विवरण अनुसार ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा रौतहट, इशनाथ नगरपालिका वडा नं. २, ३, ६, र ९ का २१, २१ २३, २५,२५, २९ र ३० वर्षीय पुरुषहरु रहेका छन् । रौतहट माथ नारायण न.पा. ३ निवास २८ वर्षीय महिला र बारा करैयामाई ५ निवासी ३८ वर्षीय पुरुष रहेका छन ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३०४ पुगेको छ । अहिलेसम्म नेपालमा २ जनाको ज्यान गइसकेको छ । ३६ जनालाई निको भएको छ । ३४६ जना आइसोलेसनमा रहेका छन् । १८ हजार ३५७ जना आइसोलेसनमा रहेका छन् । 

1

Scroll to Top