Banijya News

थप २० जनामा कोरोना संक्रमण, यस्तो छ पछिल्लो नेपालको अवस्था

1
1.1K Shares

नेपालमा फेरी थप २० जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङमा यस्तो जानकारी दिएको हो । पछिल्लो पटक संक्रमित हुनेहरूमा कैलाली, बैतडी, बाँके र मोरङका गरी २० जना छन् ।


डडेलधुराको पराशुराम १० का २८ वर्षीय पुरुष र बैतडीको शिवनाथ १ का २२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । कैलालीमा पनि तीन जनामा संक्रमण पुष्टि भएको छ । जानकी गाउँपालिका सरस्वती माविको क्वारेन्टाइनमा रहेका १९, २३ र २६ वर्षका पुरुषमा संक्रमण पुष्टि भएको हो । त्यस्तै बाँकेमा समेत १४ जना संक्रमित थपिएका छन् । उनीहरु १८ देखि ६१ वर्ष उमेरका पुरुषहरु रहेका देवकोटाले बताए। उनीहरुमध्ये १८ वर्षीय पुरुष राप्ती सोनारीका हुन् भने बाँकी १३ जना नरैनापुरका रहेका छन् । उतापूर्वी मोरङमा एक जनामा संक्रमण देखिएको छ ।

योसँगै संक्रमित हुनेको कुल संख्या ५ सय ७ पुगेको छ । हालसम्म संक्रमणकै कारण नेपालमा ३ जनाको मृत्यु भइसकेको छ भने ७० जना स्वस्थ भएर घर फर्किएका छन् । हालसम्म कोरोना संक्रमित भेटिएक जिल्ला ४० पुगेको छ ।

1

Scroll to Top