Banijya News

उपत्यका प्रवेश गर्न खोज्ने ३४ यात्रु र १४ सवारीलाई प्रवेशमा रोक

1
1.0K Shares

काठमाण्डौ
विभिन्न नाका भएर उपत्यका प्रवेश गर्न खोज्ने ३४ यात्रु र १४ सवारीलाई प्रवेशमा रोक लगाईएको छ । विना पास उपत्यका भित्रन खोज्ने उनीहरुलाई आज बिहान ट्राफिक प्रहरीको सहयोगमा रोकिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । विभिन्न नाका भएर आजै बिहान पास भएका ७७ वटा गाडीबाट २२९ जना यात्रु बिहान भने उपत्यका भित्रिएका छन ।
गृह मन्त्रालयले अति अवश्यक काम नपरी आवतजावत नगर्न आग्रह गर्दै आएको छ । उपत्यका आउँनै पर्ने भएपनि आरडीटी विधिमार्फत स्वास्थ्य परीक्षण गरेको रिपोर्ट देखाएर भित्रन भनेको छ ।
कोरोना भाइरसको जोखिम बढेसँगै काठमाण्डौ उपत्यका प्रवेश गर्ने मुख्य चार नाकासहित सबै नाका क्षेत्रमा कडाइगरिएको छ । नाकामा कडाई गरेपनि विभिन्न बहानामा पावर र पहुँचको आडमा उपत्यका भित्रने क्रम भने रोकिएको छैन् । धेरै जसो नाका सम्म सवारी साधनमा आउँने र नाकाबाट हिडेरै भित्र प्रबेश गर्ने गरेका छन् ।

1

Scroll to Top