संघीय संसद्को लोगो नेपालको नयाँ नक्साअनुसार परिवर्तन गरिने भएको छ । सिंहदरवारमा आइतबार सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा बसेको राष्ट्रिय सभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले संघीय संसद्को लोगो नेपालको नयाँ नक्साअनुसार परिवर्तन गर्ने निर्णय गरेको हो ।
सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नेपालको नयाँ राजनैतिक तथा प्रशासनिक नक्सा जारी गरेपछि संसद्को लोगोमा प्रयोग भएको नक्सा परिवर्तन गर्नुपर्ने भएकाले समितिको बैठकले सो निर्णय गरेको हो ।
नयाँनक्सा सार्वजनिक भएसँगै अहिले प्रचलनमा रहेका सिक्का, मानपद्वी, सरकारी निकायका छाप लगायत कुराहरु परिवर्तन गर्नुपर्नेछ ।


