Banijya News

भोकले मर्न थाले जनताः छातिमा नाम्लो राखेर भरिया, चमलको भात हेर्दे मजदुरको प्राण गयो

1
1.0K Shares

हातमा नाम्लोसहित सडक पेटीमा मृत अवस्थामा भेटिए धादिङका सूर्यबहादुर तामाङ । किर्तिपुरमा भारी बोकेर पेट पाल्दै आएका ति वृद्ध सडक पेटीमै रात काट्ने गर्थे । स्थानियका अनुसार उनी प्रत्येक दिन भारी बोकेर आफ्नो गुजारा चलाउँथे । कीर्तिपुर १० स्थित मंगल बहुमुखी क्याम्पस अगाडिको सडक पेटीमा मृत भेटिएका उनको साथमा जीबनयापनको अन्तिम सहारा नाम्लो उनको छातिमा नै थियो । लकडाउनअघि भारी बोकेर पेट पाल्दै आएका उनी आफ्ना पाखुरी चलाएर बाँच्न चाहान्थे, तर उनलाई काम दिने कोही भएनन् । न त खानको लागि कुनै अन्नकै जोहो कतैबाट भयो ।


आफन्तविहीन उनी केही दिनदेखि अर्काले दिएको खानेकुरा खाएर प्राण धान्दै आएका थिए । तर, त्यो कतिदिनसम्म चल्थियो, यी बृद्धाले पसिना बगाएर जीबन धान्ने एक मात्र नाम्लो छातिमा राखेर प्राण त्याग गरे ।

भरिया काम गर्दै आएका ती वृद्ध सडक पेटीमा लडिरहेको देखेपछि स्थानीयले आइतबार प्रहरीलाई खबर गरेका गरे । महानगरीय प्रहरी वृत्त किर्तिपुरले मृत भेटिएका ती वृद्ध धादिङका सूर्यबहादुर तामाङ रहेको प्रमाणित गर्देे मुचुल्का तयार गरी उनको शब परीक्षका लागि त्रिवि शिक्षण अस्पताल लगियो ।


परीक्षणमा कोरोना संक्रमण वा अन्य कुनै स्वास्थ्य समस्या नदेखिएको प्रमाणित भयो । निष्कर्ष उनको भोकले नै उनको ज्यान गएको पाइयो । स्थानिय रामानन्द कंसाकार भन्दन्, ‘बुढा भोकले मरेका हुन् । काम छैन् । कमाई नै भनएपछि कसरी बाँच्नु ।’


उनको खान नपाएर मृत्यु भएको संकेत किर्तिपुर प्रहरी प्रमुख छेदीलालत कमातीको छ । उनी स्वास्थ्य परीक्षण गर्दा कुनै समस्या नदेखिदा खानै नपाएर ज्यान गएको हुन सक्ने बताउँछन् ।
त्यस्तै अधिल्लो मंगलबार सप्तरीको कञ्चनरुप नगरपालिका पथरीका ५० वर्षीय मलर सदाको मृत्यु भयो । कोरोना भाइरसको संक्रमण हुन नदिन सरकारले गरेको लकडाउनले बनिबुतो गर्न नपाएपछि सदाको घरमा चार दिनदेखि चुल्हो बलेको थिएन । पाँच दिनअघि सोमबार ‘जसरी पनि काम खोजेर साँझका लागि चामल लिएर आउछु’ भन्दै श्रीमतीसँग वाचा गरेर घरबाट निस्केका उनी केहीपर पुगेपछि खेतबारीमा ढले ।

आफन्तको सहयोगमा घर ल्याइए छिमेकीले खाना पकाउँदा पकाउँदै पाकेको खाना समेत नखाई उनको मृत्यु भयो । उनलाई समयमै खानाको ब्यावस्था गरेको भए यात उपचारको लागि कुनैविकल्प दिएको भए उनको अकालमा भेकभोकै मर्नुपर्ने थिएन् । झण्डै सात दिन खान नपाएका सदाले छिमेकीले दिएको चामलको भात पकाएर थालमा पस्कदा पस्कदै प्राण त्यागेको उनकी श्रीमती बताउँछिन् ।


यि त प्रतिनिधी पात्र मात्र हुन भोकले जनता आक्रन्त बन्न थालेका छन् । राज्य संयन्त्रले भाषमा अब कसैले पनि खान नपाएर मर्नु नपर्ने बताउँदै आएका छन् । तर वृद्ध तामाङको स सदाको मृत्युले खान नपाएर नै भएको छ । एक त प्रदेश र स्थानीय सरकारले उपलब्ध गराएको राहत प्याकेज अपुग छ । प्रदेश सरकारले २४ घण्टाभित्रै विपन्न परिवारलाई राहत पुर्याउने निर्णय गरे पनि उक्त निर्णय अझै कार्यान्वायनमा आएको छैन् ।


धेरै स्थानमा राहत पाउनेमा धनाड्यदेखि देखि उच्च पदस्थ जनप्रतिनिधिकै नातागोता छन् । लकडाउनका कारण काम गरेर खानुपर्ने विपन्न, गरिब र मजदुरका लागि भोकै बस्नु नपरोस भनेर ती वर्गलाई स्थानीय तहले पहिचान गरेर राहत उपलब्ध गराउनु भनेर परिपत्र नै गर्यो । तर स्थानीय सरकारले विपन्न र गरिबको पहिचान गर्न नसकेर जथाभावी ढंगले राहत वितरण गर्दा वास्तविक पीडितसम्म नपुग्दा खाना खानै नपाएर ज्यान गुमाउने बढ्दो छन् ।

उपलब्ध भएको राहत पनि वास्तविक पीडितसम्म स्थानीय जनप्रतिनिधिले पनि पुर्याउन सकेकाक छैनन् । खानाकै अभावमा वास्तविक भोकै बसेकाहरुको पहिचान गरी त्यस्ता कुनै पनि नागरिक आगामी दिनमा भोकले मर्न नपरुन् भन्नेतर्फ सम्बन्धित निकायले ध्यान दिन जरुरी छ ।

1

Scroll to Top