Banijya News

क्वारेन्टाइनमा अर्का पुरुषको पनि गयो ज्यानः हृदयघात भएको हुन सक्ने प्रारम्भिक अनुमान

1
1.0K Shares

गुलरिया नगरपालिकास्थित बबई क्याम्पसमा रहेको क्वारेन्टाइनमा बसेका ५५ वर्षीय एक पुरुषको ज्यान गएको छ । मृतक दुईदिन अघि अछाम जिल्लाबाट बर्दिया आएका उनको हृदयघातका कारण ज्यान गएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ ।

स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीका अनुसार ती पुरुषको कोरोना परीक्षण गर्ने समेत तयारी भइरहेको छ । उनको मृत्य शरीरबाट स्वाब संकलन गरेर परीक्षणको लागि पठाउने तयारी भएको हो ।

1

Scroll to Top