Banijya News

नयाँ १ सय १४ जना कोरोना संक्रमित भेटिए, नेपालमा पुग्यो ८ सय ८६ जना

1
1.0K Shares

बुधबार एकैदिन अहिलेसम्मकै सबैभन्दा बढी १ सय १४ जनामा कोरोना संक्रमित भेटिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या ८ सय ८६ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार बुधबार कोसी अस्पतालमा गरिएको परीक्षणमा झापाका १७ जनामा कोरोना पोजेटिभ देखिएको छ । त्यसैगी धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ११ जनामा पोजेटिभ देखिएको मन्त्रालयले सार्जजनिक गरेको नयाँ विज्ञप्तिमा भनिएको छ । पोजेटिभ देखिने सबै सप्तरी जिल्लाका हुन् ।

यसैगरी, हेटौँडामा भएको परीक्षणमा रौतहटका ७ सहित ८ जनाको कोरोना पोजेटिभ देखिएको छ । पोखरामा भएको परीक्षणमा बागलुङका ४ जनामा पोजेटिभ देखिएको छ ।

1

Scroll to Top