Banijya News

कर्णालीमा थपिए ८ जना संक्रमित, नेपालमा कुल संक्रमितको संख्या पुग्यो ९ सय ९०

1
1.0K Shares

कर्णालीको प्रदेशमा थप ८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार सुर्खेतको प्रयोगशालामा गरिएको परीक्षणबाट बिहीबार दैलेखका ८ जनामा कोरोना पुष्टि भएको हो ।
प्रदेश अस्पताल सुर्खेत र पशुपक्षी रोग अन्वेषण प्रयोशाला सुर्खेतमा गरिएको परीक्षणअनुसार दैलेख नारायण नगरपालिका–१ का २६ वर्षीया पुरुष, ३ का १९, ३०, ३६ र ४० वर्षीया पुरुष, ४ का १ वर्षीय बालक, २० वर्षीया महिला र ५ का १७ वर्षीय पुरुष रहेका छन् ।
कर्णालीमा यसअघि ३८ जनामा संक्रमण पुष्टि यसभन्दा अघि नै भएको र हाल संक्रमितको संख्या ४६ पुगेको छ । योसहित नेपालमा कुल संक्रमितको संख्या ९९० पुगेको छ भने ।

1

Scroll to Top