नेपाली सेनाले चीनको ग्वान्जाओबाट कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य सामग्री नेपाल ल्याएको छ । नेपाल वायु सेवा निगमको वाइड बडी जहाजले आज बिहान उक्त समान काठमाडौं ल्याएको हो । निगमको वाइड बडी जहाजले करिब १५ टन स्वास्थ्य सामग्री ल्याइएको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए ।
२ उडानबाट झण्डै ३२ टन स्वास्थ्य सामग्री ल्याइएको छ । चीनबाट खरिद गरिएका स्वास्थ्य सामग्रीमध्ये ४७.५ टन जहाजबाट ल्याउने भनिए पनि पछिल्लो उडानमा ३० पोर्टेबल एक्सरे मेसिन जहाजमा नअटेकाले स्थलमार्गबाटै ल्याउने गरी अन्य सामग्राी नेपाल ल्याईएको हो । यसअघि यही जेठ ६ गते १८.८४ टन स्वास्थ्य सामग्री जहाजबाट आइसकेको छ । सेनाले ६७ प्रकारका स्वास्थ्य सामग्री ल्याएको थियो ।


