Banijya News

सिरहामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि

1
1.0K Shares

सिरहा । सिरहामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवका अनुसार बरियरपटी  गाउँपालिकाका ३७, २८,२९ र ३३ वर्षीय पुरुष,  औरही गाउँपालिकाका र लक्ष्मीपुर पतारी गाउँपालिकाका १-१ जना गरी जम्मा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

उनीहरु भारतको विभिन्न ठाउँबाट आएको सिरहाका प्रमुख जिल्ला अधिकारी सरोज गुरागाईंले जानकारी दिए । कोरोना संक्रमित पुष्टि भएकाहरुलाई धनगढीमाई नगरपालिकाको महेन्द्र गेनाई अस्पतालको आइसोलेसनमा राखिएको छ । योसँगै सिरहामा कोरोना संक्रमितको संख्या १४  पुगेको छ । जसमा २ जना प्रहरी रहेका छन् । रासस

1

Scroll to Top