अर्थमन्त्री डा. युवराज खतिवडाले सबै नेपालीको जीवन रक्षा गर्ने र भविष्यप्रति आशा जगाउने बजेट ल्याएको बताएका छन् ।अर्थमन्त्री खतिवडाले आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।
‘सबै नेपालीको जीवनरक्षा गर्ने, भविष्यप्रति आशा जगाउने र विकासलाई गतिशीलतामा लैजाने उद्देश्यले बजेट प्रस्तुत गरेको छु’, उनले भने ।


