Banijya News

स्वास्थ्य बीमाको लागि ७ अर्ब ५० करोड रुपैयाँ विनियोजन,

1
1.0K Shares

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७/०७८ को लागि बजेट भाषण गर्दै आगामी आवमा स्वास्थ्य बीमाको लागि ७ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेको बताए । उनले आगामी आवमा सबै स्थानीय तहमा स्वास्थ्य बीमा कार्यक्रम लैजान बताए ।

आगामी वर्ष सरकारले स्वास्थ्य पूर्वाधार क्षेत्रलाई १२ अर्ब ४६ करोड रुपैयाँ बिनियोजन भएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले स्वास्थ्य पूर्वाधार क्षेत्रलाई १२ अर्ब ४६ करोड रुपैयाँ बिनियोजन भएको जानकारी दिए ।

साथै, सरकारले काठमाडौंमा ३ सय सैय्याको छुट्टै सरुवा रोग अस्पताल, काठमाडौं र प्रदेश राजधानीका अस्पतालमा थप २५० सैय्या आइसियू बेड र सबै प्रदेश राजधानीमा ५० सैय्याको सरुवा रोग अस्पताल सञ्चालन गरिने घोषणा गरेको छ ।

1

Scroll to Top