Banijya News

शिक्षमा बढ्यो, विश्वविद्यालय अनुदानमा घट्यो, मदनभण्डारी विश्व विद्यालयलाई १ अर्ब २५ करोड बजेट

1
1.0K Shares


सरकारले चालू आर्थिक वर्षका लागि शिक्षाक्षेत्रमा १ खर्ब ६३ अर्ब रुपैयाँ बजेट छुट्याएको थियो । सरकारले शिक्षा, विज्ञान तथा प्रविधि क्षेत्रका लागि बजेट बढाएको छ । आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गर्दै अर्थमन्त्री युवराज खतिवडाले शिक्षाक्षेत्रका लागि १ खर्ब ७१ अर्ब रुपैयाँ विनियोजन गरेको बताए ।

चालू आर्थिक वर्षमा १ खर्ब ६३ अर्ब ७६ करोड रुपैयाँ विनियोजन गरिएकोमा आगामी आर्थिक वर्षको लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री खतिवडाले १ खर्ब ७१ अर्ब बजेट बढाएका हुन् । विद्यालय भवन निर्माण र कक्षा कोठा विस्तारका लागि बजेट विनियोजन गरिएको छ । विश्वविद्यालय अनुदानको लागि भने बजेट घटेको छ । चालू वर्षमा विश्वविद्यालय अनुदान आयोगमार्फत दिइने अनुदान बढाएर १७ अर्ब ६४ करोड र्पुयाएकोमा आगामी आवका लागि घटाइएको छ । आगामी आर्थिक वर्षलाई १ अर्ब २५ करोड बजेट विनियोजन गरिएको अर्थमन्त्री युवराज खतिवडाले बताए ।
त्यस्तै मदनभण्डारी विश्व विद्यालयमा १ अर्ब २५ करोड बजेट विनियोजन गरिएको छ ।

1

Scroll to Top