कोरोनाको सङ्क्रमण भएपछि पाटन अस्पतालमा उपचार गाउन पुगेकी भक्तपुर नगरपालिका–९ की ४२ वर्षीया महिला जनप्रतिनिधि छ दिनमै कोरोनामुक्त भएर घर फर्किएकी छन् ।
जेठ ६ गते भक्तपुर नगरपालिकाद्वारा सञ्चालित जनस्वास्थ्य केन्द्र च्याम्हासिंमा गरिएको स्वाब सङ्कलनपछि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको कोरोना परीक्षणमा ९ गते राति आएको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको थियो । उनी १० गते ललितपुरको पाटन अस्पतालको कोभिड आइसीयू भर्ना भएपछि उनी डिस्चार्ज भैसकेकी छिन् । उनको अस्पतालमा १४ र १५ गते पुनः परीक्षण गरको थियो । यतिखेर उनको सबै परिवार समाज पनि सरक्षित रहेको छ ।


