विरामीको मृत्यु भएको ६ दिनपछि सरकराले कोेरोना भाइरसबाट थप एक जनाको मृत्यु भएको पुष्टी गरेको छ । योसँगै नेपालमा कोरोना भाइरसको कारण मृत्यु हुनेहरुको संख्या ६ पुगेको छ ।
भूमीका स्थान नगरपालिका गत जेठ १० गते भारतबाट नेपाल आएका अर्घाखाँचीका ३५ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो । बिहीबार नै कोरोना भएको पुष्टि भए पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने शुक्रबार मात्रै औपचारिक रुपमा कोरोनाले मृत्यु भएको घोषणा गरेको छ ।
घर फर्किने क्रममा मृत्यु भएका युवकको शवलाई उनको आफन्तले सन्धिखर्कस्थित गच्चे भन्ने स्थानमा गाडेका थिए । उनको स्वाप परीक्षण गर्दा विहीवार नै कोरोना संक्रमण भएको पाइएपनि आज कोरोना प्रष्टि भएको हो ।


