Banijya News

सप्तरीमा थपिए ९ जना कोरोना संक्रमित

1
1.0K Shares

सप्तरीमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा डाक्नेश्वरी नगरपालिकाका १ महिलासहित ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

९ जना थपिएसँगै डाक्नेश्वरीमा कोरोना संक्रमितको संख्या १२ पुगेको छ । शनिबार थपिएकामध्ये सबैजना भारतबाट आएका र १८ वर्षदेखि ७० वर्ष उमेर समूहका जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिए ।

1

Scroll to Top