बाजुरा जिल्ला अस्पताल आइसोलेसनमा राखिएकी बालिकाको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणकै कारण मृत्यु भएको पुष्टि भएको छ । उनको सेती प्रादेशिक प्रयोगशालमा स्वाब संकलन गरी पठाएको थियो । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ पुगेको छ ।
मृतक बालिकाकी २३ वर्षीया आमालाई पनि कोरोना पुष्टि भएको छ । बाबुको कोरोना परीक्षण रिपोर्ट भने नेगेटिभ आएको छ । मृतक वालिका, आमा र बुवालाई जेठ १५ गते आइसोलेसनमा राखिएको थियो । तीनै जनाको स्वाब धनगढी पठाईएको थियो । ८ दिन अगाडि मृतक वालिकाको परिवार भारतबाट आएका थिए ।


