Banijya News

संविधान संशोधन प्रस्ताब कांग्रेसले पुनः संसदमा दर्ता गर्ने

1
1.0K Shares

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्ताब कांग्रेसले पुनः संसदमा दर्ता गर्ने भएको छ । केपी ओली नेतृत्वको सरकारले अद्यावधिक नक्सा संविधानमा राख्न संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्तावबारे छलफल गर्न शनिबार अबेरसम्म बसेको कांग्रेस केन्द्रीय समितिले संशोधनका पक्षमा मतदान गर्ने निर्णय गरेसँगै देउवा सरकारका पालामा प्रस्तुत गरेकै संविधान संशोधनको प्रस्ताब पुनः दर्ता गर्ने भएको हो ।
कांग्रेसका सभापति एवं तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले नेतृत्व गर्नु भएको सरकारले अघिल्लो संसदमा प्रस्तुत गरेको संविधान संशोधनको प्रस्ताव पुनः दर्ता गर्न संसदीय दललाई निर्देशन गर्ने दिएको हो ।

देउवा सरकारले लगेको संविधान संशोधनको प्रस्तावमाथि २०७४ भदौ ५ गते संसदमा पेश गरेको प्रस्ताव तुहिएर गएको थियो । त्यसताका मतदानको पक्षमा कांग्रेस, माओवादी केन्द्र, राजपालगायत दलले समर्थन गरे पनि नेकपा एमाले, राप्रपा, नेककिपा, राजमोलगायत दल विपक्षमा उभिएदा सो प्रस्ताव अगाडि बढन सकेको थिएन । त्यही भएर काग्रेसले पुन संविद्यान संशोधनको प्रस्ताव अगाडि बढाउने लागेको हो । केही समयअघि राजपा र समाजवादीका शीर्ष नेताहरुले सभापति देउवालाई भेटेर अद्यावधिक नक्सालाई पारित गर्दा मधेशका जनताको मागअनुसार संविधान संशोधनका पक्षमा उभिन आग्रह गरेका थिए । २०७२ सालमा संविधान जारी गर्दा प्रमुख दलका शीर्ष नेताहरुले संविधानमा छुटेका बिषयबस्तुलाई आगामी दिनमा संशोधन माफर्त सम्बोधन गर्ने प्रतिबद्धता जनाएका थिए ।

1

Scroll to Top