Banijya News

एकै दिन थपिए २ सय २६ जना नयाँ संक्रमित, नेपालमा संक्रमित १७ सय ९८ पुग्यो

1
1.0K Shares

पछिल्लो २४ घण्टामा २२६ जना कोरोना संक्रमित थपिएका छन् । तीमध्ये बिभिन्न जिल्लाका २१३ पुरुष र १३ महिला भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित पत्रकार भेटघाटमा जानकारी दिएका छन । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ सय ९८ पुगेको छ।

अहिलेसम्म नेपालमा ७१ हजार ९ सय ३ जनाको पीसीआर परीक्षण गरिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार २ सय २१ जना निको भएर घर फर्किएका छन् भने ८ जनाको कोरोनाका कारण मृत्यु भएको छ । त्यसैगरी अहिले १५ सय ६९ जना आइसोलेसनमा छन् भने १ लाख १३ हजार ७ सय ५७ जना मानिस क्वारेन्टाइनमा रहेका छन् ।

1

Scroll to Top