बैतडीमा एकजना क्वारेन्टिनमा रहेकी युवतीको मृत्यु भएको छ । बैतडीको मालिका मावि क्वारेन्टिनमा रहेकी २२ वर्षीय युवतीको आज बिहान मृत्यु भएको हो । मृतक युवतीको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ ।
जेठ १६ गते गौरीफन्टा नाका हुँदै बैतडी पुगेकी उनी १८ गतेदेखि क्वारेन्टाइनमा बसेकी थिइन् । मृतक महिला भारतको पञ्जाबबाट मुटुरोगको उपचार गराएर फर्किएको भए पनि आर्थिक अभावका कारण बिगत १२ दिनदेखि औषधी सेबन नगरेको पाइएको छ ।
मृतक युवतीका श्रीमान र ३ छोराछोरी रहेका छन् ।


