२० जेठ, काठमाडौं ।
नेपालमा आजमात्रै थप २८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ९९ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित प्रेस ब्रिफिङमा मंगलबार नेपालकाे विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २८८ जनामा कोरोनाको संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । प्रवक्ता डा देवकोटाका अनुसार २७० पुरुष र १८ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै, डा देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा ४५ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या २६६ पुगेको छ ।
आज देखिएको सङ्क्रमण अहिलेसम्मकै सबैभन्दा बढी हो ।


