Banijya News

शंकर ग्रुपका नाममा पास लिएर दुरुपयोग गर्ने अनुसन्धानमा

1
1.0K Shares

२० जेठ, काठमाडौं । 

विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) नियन्त्रणको लागि सरकारले २०७६ चैत ११ गतेदेखि विभिन्न चरणमा गरी यही जेठ ३२ गतेसम्म लकडाउनको घोषणा गरेको छ ।
लकडाउनको समयमा अत्यावश्यक कामको लागि सरकारले जारी गरेको सवारी पासको अनधिकृतरूपमा दुरूपयोग गर्ने शंकर गु्रपका एक कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार सजन देवकोटालाई सोमबार नियन्त्रणमा लिइएको हो । कार्यालयको नाम शंकर गु्रप उल्लेख गरी हुण्डाइको क्रेटा गाडीको लागि देवकोटाले लकडाउनको समयमा काठमाडौं उपत्यकाभरि चलाउन पाउने गरी सवारी पास लिएका थिए । तर, उनको नाउँमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट कुुनै सवारी पास जारी नभएको भन्ने जानकारी वाणिज्य तथा आपूर्ति मन्त्रालयले दिएपछि अनुसन्धानको लागि देवकोटालाई नियन्त्रणमा लिइएको प्रहरी स्रोतले बताएको छ ।

1

Scroll to Top